सुन तस्करीमा करोडौँ राजस्व छली

संखुवासभा । २५ किलो सुन तस्करीमा एक गिरोहले रु ३० करोड २६ लाख बिगो बराबरको राजश्व छली तथा विदेशी विनिमय अपचलन गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

सङ्खुवासभाका तोप्के भोटेसमेतले २५ किलोे सुन भन्सार चोरी–पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा रु १५ करोड १३ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा रु १५ करोड १३ लाख गरी रु ३० करोड २६ लाख बिगोबराबरको राजश्व छलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको टोलीले असोजको तेस्रो साता तोप्के भोटेको शरीर तथा झोला जाँच गर्दा बिना बिल बीजक लुकाइछिपाइ ल्याउँदै गरेको पाँच किलो सुन बरामद गरी अनुसन्धानका लागि विभागमा पठाएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री