काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भलिबल खेल आज (बुधबार) सुरु हुदैछ । औपचारिक उद्घाटन अगाडीनै महिला र पुरुष भलिबल आज सुरु हुन लागेको हो ।
नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशविरुद्व खेल्दैछन् ।उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो । सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् ।
बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो । सोही कारण बंगलादेशलाई हराएर नेपाली टिमले सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ । आजै पुरुष टिमले समेत बंगलादेशसंग खेल्ने तय छ । खेल साँझ ७ बजे सुरु हुनेछ । पुरुष भलिबल टिम समेत बंगलादेश र भारत रहेको समूहमा छ ।




