ट्रम्पलाई महाअभियोगको सुनुवाइमा सहभागी हुन पत्राचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी डिसेम्बरमा महाअभियोग सुनुवाइमा सहभागी हुन संसदको तल्लो सदनले बोलाएको छ । संसदको न्यायिक कमिटीका अध्यक्ष जेरोल्ड नेडरलले राष्ट्रपति ट्रम्पलाई सुनुवाइमा सहभागी हुन बोलाइएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले सुनुवाइमा उपस्थित भएर आफ्ना कुरा राख्न सक्ने उनले बताए । ट्रम्प उपस्थित नभए महाअभियोग प्रक्रिया अघि बढाउन अनुसन्धानको अर्को चरणको सुरुवात हुने अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्व जो विडेनविरुद्ध छानविनका लागि युक्रेनका राष्ट्रपतिलाई दवाव दिएको आरोप लागेको छ । जो विडेनका छोराले युक्रेनमा सञ्चालन गरेको ग्यास प्लान्टमा अनियमितता भएको भन्दै छानविन गर्न ट्रम्पले युक्रेनका राष्ट्रपति बोल्डोमायर जेलेनस्कीलाई दवाव दिएको बताइएको छ ।

ट्रम्पले आफ्नो आग्रह नमाने युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहायता कटौती गर्ने चेतावनी दिएकोसमेत आरोप लगाइएको छ । विडेन अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका सम्भावित उम्मेद्वार मानिन्छन् । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा युएईमा साङ्गीतिक कार्यक्रम आयोजना (फोटो फिचरसहित)

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी …

प्रतिकृया दिनुहॊस