बीमा संस्थानद्वारा कर्णाली प्रदेशमा बीमा अभिकर्ता तालिम सम्पन

काठमाडौं । राष्ट्रिय बीमा संस्थान सुर्खेत शाखाले कर्णाली प्रदेशमा पहिलोपटक तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। मङ्सिर ५, ६ र ७ गते भएको उक्त कार्यक्रममा ३३ जनाको सहभागिता थियो ।

कार्यक्रममा बीमा र यसको महत्व, सिद्धान्त र प्रकारहरु बीमा एन नियामावली तथा बिनियामावलीहरु बीमा संस्थानमा प्रचलित बीमालेखहरु बीमा बजारीकरण र अभिकर्ता व्यवसाय वृद्धिका तरिकाहरुका बारेमा प्रशिक्षण दिएको थियो।

यसैगरी, कार्यक्रममा संस्थानका प्रशाशक कविप्रसाद पाठकले संस्थानको भाव िकार्यदिशा यस क्षेत्रको विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा सहभागीहरुलाई प्रशिक्षित गराएका हुन् ।

त्यसैगरी, उक्त संस्थानका सुर्खेत शाखा प्रमुख रमेश उपाध्यायले बीमाको इतिहास र राष्ट्रिय बीमा संस्थानको परिचय तथा काम कर्तव्यबारे प्रशिक्षित गराएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मीको सम्मान

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds