प्रभु बैंकको सेयर संरचना परिवर्तन

काठमाडाैँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार सम्पन्न बैंकको वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। योसँगै बैंकको चुक्ता पूँजी रु. १० अर्ब ३१ करोड ५५ लाख ०२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

सधारणसभाले सेयर संरचना पनि परिवर्तन गर्ने निर्णय गरेको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्वमा संशोधन/परिवर्तन गरी संस्थापक समुह तर्फ ५१ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम हुने व्यवस्था गर्ने निर्णय गरिएको छ।

देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा दिइरहेको बैंकले अष्ट्रेलियाको सिड्नी, भारतको राजधानी दिल्ली, मलेसियाको राजधानी क्वालालाम्पुर, कतारको राजधानी दोहा र संयुक्त अधिराज्य बेलायतको एल्डरसट शहर गरी विभिन्न ५ मुलुकमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमती लिइसकेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस