कोस्टा तीन महिना मैदान बाहिर

एजेन्सी । एट्लेटिको मड्रिडका स्टार डिएगो कोस्टा तीन महिना मैदान बाहिर रहने भएका छन् । नाकको सल्यक्रियाका कारण कोस्टा तीन मैदान बाहिर रहने पक्का भएको हो ।

उनलाई निको हुन करिब तीन महिना लाग्ने बताईएको छ । शल्यक्रियाका कारण उनले च्याम्पियन्स लिगको युभेन्ट्सविरुद्वको खेल गुमाउनेछन् । यस्तै लिगको बार्सिलोनाविरुद्वको खेलमा समेत उनी हुने छैनन् ।

यस्तै उनले स्पेनिस सुपरकपको सेमिफाईनलमा बार्सिलोनाविरुद्वको खेल समेत गुमाउनेछन् ।  समयमै ठिक भएको अवस्थामा फेब्रुअरीमा हुने रियल मड्रिडविरुद्वको खेलमा भने उनी फर्कन सक्नेछन् ।

स्पेनका अन्तराष्ट्रिय खेलाडी कोस्टा सन् २०१७ मा चेल्सीबाट एट्लेटिको फर्किएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री