काठमाडौं । नेपालले विश्वका शान्तिका देशहरुमा १२ स्थान सुधार गरेको छ। ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) १६३ देशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो। जस अनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा छ।
आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो जसमा उसले १६३ देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरि सूचित गरेको हो। २०१९ को रिपोर्टमा अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको देखाएको छ।
विश्व शान्तिको सूचीमा आइसल्यान्ड पहिलो स्थान कायमै छ भने अफगानिस्तान अन्तिम स्थानमा छ। उसको प्रतिवेदन अनुसार अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ हत्या मात्र हुने गरेको छ। दोस्रोमा न्यूजील्यान्ड रहेको छ भने पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक क्रमश: शीर्ष दशमा छन् । स्वीट्जरल्यान्ड ११ मा छ भने एसियाबाट भूटान १५ र मलेशिया १६ ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा रहेका छन्।




