एनआईसी एशिया बैंकका शेयरधनीहरुलाई रकम बुझ्न बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंकले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी बैंकको सहायक कम्पनी एन आई सी एशिया क्यापिटलबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न सम्बन्धित शेयरधनीहरुमा बैंकले अनुरोध गरेको छ ।

साथै, लाभांश पूर्जी लिई सकेका शेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले अनुरोध गरेको छ । यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

आ.व. २०७५÷७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनीहरुको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन समेत सम्पूर्ण शेयरधनीहरुलाई बैंकले अनुरोध गरेको छ ।

विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म शेयरधनीहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण यस बैंकको वेभसाईटमा राखिएको तथा सो सम्बन्धमा विस्तृत विवरण एन आई सी एशिया क्यापिटलका कर्मचारी दामोदर रायमाझीबाट प्राप्त गर्न सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकका ग्राहकलाई ‘जंगल भिला रिसोर्ट’मा छुट

काठमाडाैं । ज्योति विकास बैंकले कसरा, चितवनस्थित ‘जंगल भिला रिसोर्ट’मा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको विशेष …

प्रतिकृया दिनुहॊस