नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ५ करोड नाफा कमाएको बैंकले चालु आर्थिक वर्ष साउनदेखि असोजसम्मको यो अवधिमा ८४ करोड ४४ लाखमात्रै नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा भने ४२ करोड ३७ लाख रुपैयाँ कायम छ ।

बैंकले यो अवधिमा आफ्नो १ खर्ब ५१ अर्ब २८ करोड निक्षेप संकलन गरेर १ खर्ब ३० अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ७५.६२ प्रतिशत कायम छ । बैंकले ३ अर्ब ८८ करोड ब्याज आम्दानी गरेको बैंकले २ अर्ब ३५ करोड ब्याज खर्च गरी १ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको हो ।

१२ अर्ब ८६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

कर्जा प्रवाह बढेसँगै बैंकले खराब कर्जामा वृद्धि भएर २.८४ प्रतिशत रहेको छ । आधार ब्याजदर ८.४८ प्रतिशत, कस्ट अफ फण्ड ६.३४ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको स्प्रेड दर ४.३६ प्रतिशत रहेको छ । प्रति सेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी २६.२५ रुपैयाँ कायम रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds