नाडालको संघर्षपूर्ण जित

एजेन्सी । स्पेनिस राफायल नाडालले एटीपी फाइनल्स टेनिसमा संघर्षपूर्ण जित निकालेका छन् । लन्डनमा बुधबार राति भएको खेलमा शीर्ष वरियताका नाडालले चौंथो वरियताका डानिल मेडभेदेबलाई पराजित गरे ।

नाडालले मेडभेदेबलाई ६-७(३-७), ६-३, ७-६(७-४) को सेटमा पराजित गरे । यो नाडालको पहिलो जित समेत हो । पहिलो खेलमा नाडाल एलेक्स्जेन्डर जेभेरेभसँग पराजित भएका थिए ।

यो जितसँगै नाडालले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेका छन् । यस्तै स्टेफानोस टित्सीपास भने सेमिफाइनलमा पुगेका छन् । स्टेफानोसले एलेक्स्जेन्डर जेभेरेभलाई ६-३ र ६-२ ले पराजित गरे ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री