सरकारले गर्ये भन्सार महसुलमा हेरफेर, सुनमा १५ सय रुपैयाँ वृद्धि

काठमाडौँ । सरकारले विभिन्न सामग्रीको भन्सार महसुल हेरफेर गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सुनचाँदी, फलाम, सरसफाइको पार्टपुर्जा, कफीजन्य मालवस्तुमा भन्सार महसुल बढाएको हो ।

कुखुरापालन व्यवसायका लागि आवश्यक पर्ने फूलको पैठारीमा भने भन्सार महसुलमा ५० प्रतिशत छुट दिएको छ । तयारी रङ उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रूपमा प्रयोग गर्ने एक्रेलिक इमल्सनमा पनि छुट दिएको छ ।

एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा उक्त वस्तु उद्योगकै नाममा पैठारी भएमा २० प्रतिशत मात्रै भन्सार लगाउने उल्लेख छ । सुनको भन्सार महसुलमा १५ सय रुपैयाँ वृद्धि गरिएको छ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याउने सुनका गहनाको भन्सार महसुल पनि बढाइएको छ । सुन तथा गहनाको गुणस्तर तथा डिजाइनअनुसार ६ हजार २ सयदेखि ९ हजार रुपैयाँसम्म लाग्दै आएको महसुल वृद्धि गरेर ७ हजार ५ सयदेखि १० हजार रुपैयाँ पुर्‍याएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री