कुमारी बैंकद्धारा विद्यालयलाई सहयोग

काठमाडौं । कुमारी बैंकले काठमाडौंको  कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा विपन्नवर्गका विद्यार्थीहरूलाई सहयोगको निरन्तरता दिदैं उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई ५ थान कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको छ ।

कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई उक्त सामग्री हस्तान्तरण गरे।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११२ शाखा संजाल, १०० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री