काठमाडौं । गरिमा विकास बैंकले पोखरा महानगरपालिका तालचोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले गरेका छन् ।
कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले पर्यटकीय तथा अन्य व्यावसायिक दृष्टिले सम्भावना बोकेको पोखराको लेखनाथ क्षेत्रमा स्थापित तालचोक शाखाले सर्वसाधारण लगायत साना मझौला तथा ठुला व्यावसायिक क्षेत्रको विकास र विस्तारको लागि आवश्यक पूँजी उपलब्ध गराई लेखनाथ क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए ।
बैंकले काठमाडौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ ।
तपाईंको प्रतिकृया




