महालक्ष्मी विकास बैंकद्वारा पानी, जुसका साथै डस्टविन वितरण कार्यव्रmम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले  हरिबोधनी एकादशीको अवसर पारेर बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी र जुसका साथै बुढानिलकण्ठ मन्दिरलाई डस्टविन वितरण कार्यव्रmम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बैंकले बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको थियो भने बुढानिलकण्ठ मन्दिरका मठाधिस स्वामी १००८ निगामानन्द महाराजलाई डस्टविन हस्तान्तरण गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस