काँडाघारीमा जेष्ट आईडियोलोजी सहकारीको सदस्य सेवा केन्द्र

काठमाडौं । जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ९ काँडाघारीमा सदश्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

उक्त सेवा केन्द्रको कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापा तथा संस्थाका अध्यक्ष रामप्रसाद आर्चाय, उपाध्यक्ष कृष्ण बहादुर थपलिया, सचिव तथा प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले सयुँक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा नगरपालिकाकी कार्यपालिकीय सदश्य कला, बडा न ९ का अध्यक्ष कुन्दन खडरका लगायत शेयर सदश्य तथा स्थानिय गरि सात सय भन्दा बढिको उपस्थिति रहेको थियो ।

सेवाकेन्द्र सञ्चालनको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो । संस्थाका कार्यकारी संचालक हेम बहादुर कार्कीका अनुसार संस्थाले हाल न्युरोड, मैतिदेवी र काडाँघारीबाट सेवा प्रदान गर्दै आएको छ ।

संस्थामा ७५ जना कर्मचारी आबद्ध भएको बताउदै कार्कीले संस्थाले १० वर्षको अवधि पार गर्दासम्म कूल कारोवार एक अर्ब ३८ करोड पुर्याई ९५ करोड निक्षेप संकलन गर्न सफल भएको बताए । उनले भने, ‘सहकारीको संख्या धेरै भएपनि हामीले आर्थिक, सामाजिक, सांस्किृतिक, पर्याबरणीय कार्यमा ध्यान दिएका छौं ।’ संस्थाले गत कात्तिक २ गते काँडाघारी क्षेत्रमा २६ वटा टोल सुधार समितिको सहभागीतामा सरसफाई अभियान सम्पन्न गरिएको कार्कीले जानकारी दिए । संस्थाका अध्यक्ष रामप्रसाद आचार्यले सस्थाले गाँउ शहर जोड्ने उद्देश्यले कागेश्वरी मनहरामा सेवाकेन्द्र सुरु गरिएको बताए । उनले भने, ‘हामीले आम नागरिकको, शेयर धनीको विश्वास जित्ने काम गरेका छौं । त्यसकारण सदश्यहरु बढ्दै गएका छन ।’

बारेमा news

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds