वाटफोर्डद्वारा पहिलो जित दर्ता, नर्विच सिटी पराजित

काठमाडौं । प्रियिमर लिग फुटबलको चालू सिजनमा वाटफोर्डले पहिलो जित निकालेको छ । गएराती भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गाएको हो ।

जेरार्ड देउलोफ्युले खेलको दोस्रो मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे ग्रेले ५२ औ मिनेटमा वाटफोर्डको अग्रतालाई दोब्बर बनाउँदै क्लबको जित सुनिश्चित गरेका थिए ।

उनले देउलोफ्युको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । क्रिश्चियन केबेसल ६५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो । वाटफोर्डले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै ११ खेलबाट ८ अंक जोड्यो । नर्विच ७ अंकसहित तालिकाको अन्तिममा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि, नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन ।

प्रतिकृया दिनुहॊस