उपनिर्वाचनका लागि मनोनय दर्ता आज, यस्तो छ तालिका

काठमाडाैं – प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदै छ ।

निर्वाचन आयोगका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ । मनोनय दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।

आयोगका अनुसार भोलि २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १.३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यसैगरी २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, त्यसै दिन ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य-३, स्थानीय तहको प्रमुख-१, अध्यक्ष–३, उपाध्यक्ष-१ र वडाध्यक्ष-४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुँदै छ । ३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा १ सय १ राजनीतिक दल प्रतिस्पर्धा गर्दै छन् ।

उपनिर्वाचनका लागि १६ नयाँ दल दर्ता भएका छन् । २०७४ मा भएको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा भाग लिएका ८५ र नयाँ १६ गरी १०१ राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन् ।

आयोगका अनुसार मतदानमा ४ लाख ५४ हजार १ सय १४ मतदाता सहभागी हुँदै छन् । मृत्युलगायत विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका खाली रहेका विभिन्न स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते उपचनिर्वाचन गर्न लागिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

३ प्रदेशमा सामान्य बदली, अन्य स्थानमा कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल …

प्रतिकृया दिनुहॊस