काठमाडौं – नबिल बैंकले शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पुँजीको २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ४८ लाख रुपैयाँ छ । सञ्चालक समितिको यो निर्णय नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले लाभांश पाउने छन् ।
बैंकले प्रदान गर्ने नगद लाभांश प्रतिशेयर २२ रुपैयाँ हो । गत वर्ष पनि बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी ३४ प्रतिशत लाभांश दिएको थियो । नविल बैंकले गत वर्ष चार अर्ब २९ करोड नाफा कमाएको थियो । बैंकले सो अवधिमा कमाएको नाफा अघिल्लो वर्षको तुलनामा करिब ८ प्रतिशतले बढी हो ।
तपाईंको प्रतिकृया



