काठमाडौँ– नेपाल समूदायले अाज पनि तिहार मनाउँदैछन् । यस वर्ष बुधबार बिहानसम्म पनि केही समय द्वितीया तिथि रहेकाले केही नेवार समुदायले बुधबार भाइटीका तथा किजा पूजा गरी मनाउँदैछन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबारको लागि भाइटीकाको तिथि निकालेको थियो । सोही अनुसार मंगलबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दै भाइटीका मनाइएको थियो ।
किजा पूजाको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।
तपाईंको प्रतिकृया




