धरान । श्रीमानले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान १५ खोरिया बस्तीका अर्जुन राईले गएराति श्रीमती बीना राईलाई खोलामा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
धरान ५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर आएकी थिइन् । घटनालगत्तै प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमान् अर्जुनलाई नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




