काठमाडौं । राष्ट्रकवि माधव घिमिरेलाई विक्रम संवत् २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित पुरस्कारको राशि एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ ।
यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकालाई प्रदान गरियो । ती पुरस्कारको राशि ५० हजारसहित सम्मानपत्र रहेको छ ।
नेपाली साहित्यिक सम्मेलन दार्जलिङको मुखपत्रका रुपमा त्रैमासिकरुपमा दियालो प्रकाशन हुँदै आएको छ । यसका प्रधानसम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जलिङका अध्यक्ष डा चन्द्रकुमार राई छन् ।
तपाईंको प्रतिकृया



