काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यो अफर कार्तिक ७ गते बिहीबारबाट लागु भई १५ दिन सम्मका लागि सञ्चालनमा रहने छ ।
यसअफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सातदिनको समयावधि भएको ५०० एमबीको डेटा प्याकखरिद गर्ने ग्राकहले चार गुणा डेटा भोल्युमको फाईदा लिन सक्नेछन् ।
कर सहित रु १९.१५ शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउने छन् ।
त्यसैगरी कर सहित रु ९५ंं.७७ शुल्कमा आउने ५०० एमबीको खरिदमाथप १५०० एमबीफोरजी डेटा बोनस स्वरुप पाउने कम्पनीले जनाएको छ ।
यो डेटा बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् ।
तपाईंको प्रतिकृया




