जलालावाद । अफगानिस्तानको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै प्रार्थनाका लागि मस्जिद भएका भक्तजन रहेको र अरु पनि कैयौं घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
प्रत्यक्षदर्शीहरूले कम्तीमा ५५ जना घाइते भएको र उनीहरूलाई अस्पताल लगिएको जानकारी दिएका छन् । अस्पतालका एक चिकित्सकले झण्डै ३२ शव ल्याइएको र अन्य ५० भन्दा बढी घाइते भएको बताएका छन् ।
देशको नान्गाहार प्रान्तको राजधानी जलालावाददेखि झण्डै ५० किलोमिटर टाढा पर्ने हास्का मिना जिल्लामा रहेको मस्जिदमा विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोज्यानीले एएफपीलाई बताए ।
उनले पनि मृत्यु भएका सबै र घाइते भएका अधिकांश मस्जिदमा प्रार्थना गर्न आएका भक्तजनहरू रहेको जानकारी दिए ।
घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । तर नान्गाहार प्रान्तमा तालिवान लडाकू र इस्लामिक स्टेट (आईएस) लडाकूहरू हिंसात्मक कार्यमा सक्रिय छन् । एएफपी/Photo: telanganatoday.com
प्रतिकृया दिनुहॊस