विप्लवको बैठकमा प्रहरीको छापा, २१ जना पक्राउ

दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पार्टीको आन्तरिक बैठकमा छापा मार्दै २१ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गढवाका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोला स्थित एक जंगलबाट पक्राउ गरिएको हो ।

पार्टीको आन्तरिक तयारी बैठक भईरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो ।

वीरजंग विप्लवका दाइ हुन् । अन्यको नाम सार्वजनिक गरिएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस