कलंकी–नौबिसे सडक मर्मत सुरु : मर्मत अवधिभर एकतर्फी मात्र सवारी सञ्चालन हुने

काठमाडौं । कलंकी–नौबिसे सडक मर्मत सुरु भएको छ । कलंकीदेखि नौबिसेसम्मको सडकखण्डमा एकतर्फी रूपमा सवारी आवतजावत गराएर मर्मत गर्न थालिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गरेर मंगलबारबाट सुरु भएको मर्मत कार्यका कारण सडकमा अवरोध आउने जनाएको छ ।

काठमाडौं उपत्यका बाहिरिने र भित्रने मुख्य थानकोट नाका सडक खण्डमा केही समय सवारी आवतजावतमा समस्या हुने भएको छ । सडक विभागका प्रवक्ता शिवहरि पौडेलले कलंकी नौबिसे सडकखण्डमा मर्मतको काम भैरहेको बताए । उनले बिग्रेको ठाउँमा बनाउने, पिच उक्केको टाल्ने नियमित काम भइरहेको यसअघिपनि भैरहेको भन्दै, अहिले पनि त्यसैले निरन्तरता पाएको बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले सडक मर्मत अवधिभर उक्त सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन हुने बताए ।

महानगरीय ट्राफिक प्रहरी अनुसार बिहान ९ बजेदेखि कंलकी–थानकोट सडकखण्ड र दिउँसो १ बजेदेखि नागढुंगा–नौबिसे सडकखण्डमा एकतर्फी सवारी सञ्चालन गरेर मर्मतको काम हुनेछ । ट्राफिक प्रहरीले उक्त सडकखण्डमा जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गर्न सडक प्रयोगकर्तालाई आग्रह पनि गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after