सीको सवारी हुने सडकमा सर्वसाधारणलाई रोक

काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भव्य स्वागतको तयारी गरिरहेको बेला सर्वसाधारणले भने सास्ती खेप्नुपर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ हिँड्ने बेला रूटमा पर्ने बाटोमा सर्वसाधारणलाई हिड्न पूर्णरुपमा बन्द गरिनेछ ।

कुन सडक कतिबेरसम्म बन्द हुने भन्ने विषयमा भने ट्राफिक प्रहरीले अहिलेसम्म जानकारी दिएको छैन । महानगरीय ट्राफिक महाशाखाले बन्द हुने सडकको तालिका निकाल्ने जानकारी दिएको छ । राष्ट्रपति सी हिँड्ने एयरपोर्ट, शितलनिवास, सोल्टी होटल लगायतका ठाउँमा जाँदा उक्त समय सहायक सडकको प्रयोग सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको अनुरोध

शनिबारदेखि हुने चिनियाँ राष्ट्रपतिको दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले यही असोज २५ र २६ गते ठूला मालबाहक सवारीसाधन रिङरोडभित्र प्रवेशमा रोक लगाएको छ । मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न पनि महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।

सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री