भवन निर्माण अघि बढेपछि राष्ट्र बैंकका तीन विभाग सारिए

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय भवन निर्माणको काम अघि बढेपछि ३ वटा विभागलाई अन्यत्र सारिएको छ । राष्ट्र बैंकले अनुसन्धान विभाग, विकास बैंक सुपरीवेक्षण विभाग र वित्त कम्पनी सुपरीवेक्षण विभागलाई अन्यत्रै स्थानान्तरण गरेको हो ।

राष्ट्र बैंकका अनुसार अनुसन्धान विभाग र वित्त कम्पनी सुपरीवेक्षण विभागलाई गैर आवासीय नेपाली संघको भवन बालुवाटारमा स्थानान्तरण गरिएको छ । यसैगरी विकास बैंक सुपरीवेक्षण विभागलाई राष्ट्रिय सहकारी विकास बोर्ड पुलचोकमा सारिएको राष्ट्र बैंकले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री