पेरिसस्थित प्रहरी मुख्यालयमा छुरा प्रहार, चार जनाको मृत्यु

पेरिस । फ्रान्सको राजधानी पेरिसको मुख्य भागमा रहेको प्रहरी मुख्यालयमा छुरा प्रहारबाट चार जनाको मृत्यु भएको छ ।

आइटी अफिसरको रुपमा कार्यरत ४५ वर्षीय आक्रमणकारीले तीन जना सरकारी अधिकारी र एक कामदारको छुरा प्रहार गरी हत्या गरेको बिबिसीले जनाएको छ ।

घटनामा पाँच जना घाइते भएका छन् । सुरक्षाकर्मीको गोली प्रहारबाट आक्रमणकारीको समेत मृत्यु भएको बताइएको छ ।

अधिकारकर्मीहरुले गरेको हड्ताल नियन्त्रण गरेलगत्तै सरकारी अधिकारीहरुमाथि उक्त हमला भएको हो । उक्त आक्रमणकारीको मनसाय के हो भन्ने स्पष्ट नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा आतंकवादी समूहको संलग्ना नभइ आपराधिक गतिविधि भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस