काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ बडा दसैँका सम्पुूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।
३६५ दिन बैंकिंग सेवा प्रवाह गर्ने योजना अन्तर्गत बैंकले विजया दशमीको दिन (आश्विन २१ गते) काठमाडौँ उपत्यका भित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।
उल्लेखित शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजे देखि दिउ‘सो २ः०० बजे सम्म नगद काउन्टरको सेवा लिन सक्नुहुनेछ । साथै विजया दशमी २०७६ को शुभ अवसरमा आफ्ना समस्त ग्राहक महानुभाव, शेयरधनी एवम् शुभचिन्तकहरुमा बैंक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
प्रतिकृया दिनुहॊस