लक्ष्मी बैंकले असोज २३ देखि २० लाख कित्ता ऋणपत्र बेच्ने

काठमाडाैँ । लक्ष्मी बैंकले असोज २३ गतेदेखि २० लाख कित्ता ऋणपत्र (डिबेञ्चर)को बिक्री  गर्ने भएको छ ।

कूल १० वर्ष अवधिको तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको प्रति डिबेञ्चर रु १०००  अंकित मूल्यका २० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रु. २ अर्ब मध्ये ८ लाख कित्ता अर्थात ८० करोड ऋण पूँजी रकम ) ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक बिक्री  गर्न लागिएको हो ।

साथै १२ लाख कित्ता डिबेञ्चरले हुन आउने कूल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई व्यक्तिगत तवरले बिक्री गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

बैंकले निष्काशन गरेको डिबेञ्चरमा न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तामा आवेदन दिन सकिने छ । असोज २३ गतेदेखि खुल्ला हुने डिबेञ्चर छिटोमा असोज २७ गते र ढिलोमा कात्तिक २२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds