नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको मृत्यु

काठमाण्डौ । नागढुंगा–नौबिसे सडकखण्डको जाममा परेको गाडीमा यात्रुको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५३६४ नम्बरको बसमा रहेका रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाहको जाममा परेका बेलामा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । शाह क्यान्सर पीडित भएको परिवारले बताएका छन् ।

गाडीमा रहेका शाहको के कारणले मृत्यु भएको हो भन्ने बारेमा खुल्न बाँकी छ । अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री