सप्तरीको मुसहर बस्तीमा ५२ घर बनाउन जनता बैंकको सहयोग

काठमाडौं– बि.संं. २०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ ।

उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु. १० लाख सहयोग हस्तान्तरण गरिएको छ । उक्त रकम आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानलका महाप्रबन्धक  सुधिर राजभण्डारी लाई हस्तान्तरण गरे ।

बि.सं. २०७४ श्रावण महिनामा तराई क्षेत्रमा गएको बाढीपिडितबाट घरबार गुमाएका उक्त मुसहरबस्तिका जनताहरुको आबास पुनः निर्माणको लागि मिति २०७४ साउन ३१ गते जनता बैंकमा ‘न्युज २४ टिभी जनता बैंक विपत्ती राहत कोष’ खाता संचालन गरिएको थियो ।

नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब रु. २ करोड र अन्य सहयोग समेत गरी न्युज २४ को अगुवाईमा उक्त बस्तिमा करिब ३ करोडको लागतमा ५२ ओटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । उक्त बस्ति मिति २०७५/०७/२७ मा पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट हस्तान्तरण भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds