त्रिकोणात्मक सिरिज : नेपाल र जिम्बावेबीच खेल हुँदै

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज (शुक्रबार) टेष्ट राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

इन्डियन एसोसियसनको मैदानमा नेपालले साँझ टेष्ट राष्ट्र जिम्बावेको सामना गर्नेछ । नेपाल र जिम्बावेबीचको खेल नेपाली समय अनुसार साँझ ५:१५ मा सुरु हुनेछ । जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर, युवा खेलाडीले भरिएको जिम्बावेविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

नेपाल र जिम्बावेबीच टी-ट्वान्टी क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । एकदिवसीयमा भने नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गरिसकेको छ । सन् २०१८ को मार्चमा भएको विश्वकप छनोटमा नेपालले जिम्बावेसँग खेलेको थियो । जहाँ नेपालले ११६ रनको हार व्यहोरेको थियो । सिंगापुरमा भने नेपाल त्यस हारको बदला लिने दाउमा हुनेछ ।

सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds