सुनको भाउ बढ्याे, तोलाकाे ७१ हजार ४ सय रुपैयाँ

काठमाडौं। नेपाली बजारमा सुनको भाउ निरन्तर बढेको छ ।

बुधवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासँघका अनुसार, बुधबार चाँदी प्रतितोला ८ सय ९०  रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री