काठमाडौं। नेपाली बजारमा सुनको भाउ निरन्तर बढेको छ ।
बुधवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासँघका अनुसार, बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




