काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर भएको छ । सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, सोमवार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदीको मूल्य भने बढेको छ । सोमबार चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासँघले जनाएको छ । आइतवार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




