मुग्लिन-पोखरा सडक चार लेनको बन्ने, डीपीआर तयारीको अन्तिम चरणमा

काठमाडौँ । दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ । पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी खण्ड विस्तार गरिने छ ।

सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ । एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिए। उनका अनुसार ऋण सहयोगका लागि एडीबीसँग सम्झौताको तयारी भइरहेको छ । आँबुखैरेनीदेखि पोखरासम्म करिब ८० किलोमिटर दूरी पर्छ ।

मुग्लिनदेखि आँबुखैरिनीसम्मको दूरी १३ भने किलोमिटर छ । सो सडक विस्तारका लागि करिब बीस अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस