एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेलाई ‘प्रबल जनसेवा श्री चतुर्थ’

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गरिएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा भएको हो ।

सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु विभिन्न पदवीबाट विभुषित गर्ने गरेको छ । नेपाल सरकारको सिफारिसमा मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले र्पुयाएको योगदानको कदर स्वरुप संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवीको घोषणा भएको हो ।

सिईओ न्यौपाने नेपालको बाणिज्य बैंकहरुमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सवैभन्दा कान्छा सिईओ पनि हुन् । चार्टड एकाउण्टेन्ट समेत रहेका न्यौपाने रसुवामा जन्मिएका हुन् । नेपाल सरकारले घोषणा गरेको पदवी आगामी बैशाखमा दिने बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप