संविधान जारी भएको चार वर्ष पूरा, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवस मनाईँदै छ ।

२०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो, सोही दिनको सम्झनामा विविध कार्यक्रम गरेर शुक्रबार देशभर संविधान दिवस मनाइँदैछ ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति हुनेछ ।

संविधानसभाले दुई कार्यकालमा संविधान बनाएको हो । ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री