दाङ । दाङमा मोटरसाईकल एक आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । लमही–गढवा सडक खण्ड अन्तर्गत गढवा गाउँपालिका वडा नं. ५ पूर्णागिरी क्रेसर उद्योग नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
गढवाबाट लमही आउँदै गरेको लु ५१ प ३९५५ र लमहीबाट गढवा जाँदै गरेको रा ३ प ९६२४ नम्बरको मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी बल जाजरकोटमा कार्यरत लमही नगरपालिका वडा नं. १ कौडिया निवासी ३० वर्षीय दीपक भट्टराई, घोराही उपमहानगरपालिका–६ रझेना निवासी सुनामी चौधरी र धनुषा जिल्ला जनकपुर–९ निवासी ५३ वर्षीय मोहम्मद हुसेन खान घाइते भएका छन् ।
प्रतिकृया दिनुहॊस