दाङमा मोटरसाइकल दुर्घटना, तीनजना घाइते

दाङ । दाङमा मोटरसाईकल एक आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । लमही–गढवा सडक खण्ड अन्तर्गत गढवा गाउँपालिका वडा नं. ५ पूर्णागिरी क्रेसर उद्योग नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवाबाट लमही आउँदै गरेको लु ५१ प ३९५५ र लमहीबाट गढवा जाँदै गरेको रा ३ प ९६२४ नम्बरको मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरी बल जाजरकोटमा कार्यरत लमही नगरपालिका वडा नं. १ कौडिया निवासी ३० वर्षीय दीपक भट्टराई, घोराही उपमहानगरपालिका–६ रझेना निवासी सुनामी चौधरी र धनुषा जिल्ला जनकपुर–९ निवासी ५३ वर्षीय मोहम्मद हुसेन खान घाइते भएका छन् ।

तीन जना मध्ये भट्टराइको अवस्था गम्भीर रहेको छ । भट्टराइको अहिले कोहलपुर नर्सिङ्ग होममा उपचार भैरहेको छ भने, बाँकी दुईजनाको बुटवलमा उपचार भैरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस