इजरायलको चुनावमा कडा टक्करको संकेत

जेरुसेलम । इजरायलमा पाँच महिनाको अवधीमा हिजो भएको निर्वाचनमा कसले विजय हासिल गर्छ भन्ने कुराको अझै यकिन भएको छैन ।  प्रारम्भिक अनुमानअनुसार पूर्वसेनाप्रमुख बेन्नी गान्जले नेतृत्व गरेको मध्यमार्गी ब्लु एण्ड ह्वाइट पार्टीले ३२ देखि ३४ सिट र प्रधानमन्त्री बेन्जामिन न्यातान्याहुको लिक्वुड पार्टीले ३० देखि ३३ सिट जित्न सक्ने बताइएको छ ।

इजरायल बेतेइनु पार्टीका नेता अभीग्डोर लिबरम्यान तेस्रो दलका नेता हुने भएकोले उनी  किङ्गमेकर हुन सक्ने अवस्था देखिएको छ । आज प्रारम्भिक नतिजा आएपछि सरकार बनाउने तयारी पनि चाँडै थालिने अपेक्षा गरिएको छ ।  इजरायलको पब्लिक ब्रोडकास्टर कानले बुधबार बिहानै सार्वजनिक गरेको सर्भेक्षणमा व्लु एण्ड व्हाइटले ३२ र लिक्वुडले ३१ सिट जित्ने सम्भावना औंल्याइएको छ । इजरायली संसदमा १२० सिट रहेका छन् ।

यसअघि गएको अप्रिलमा भएको मतदानको क्रममा प्राप्त सिटबाट प्रधानमन्त्री बेन्जामिन न्यातान्याहुले बहुमतसहितको गठबन्धन सरकार बनाउन नसकेपछि फेरि मतदान भएको हो ।  यसअघि दुवै प्रमुख पार्टीले ३५–३५ सिट जितेका थिए । न्यातानाहुले यसअघि आफूले साना दलसँग मिलेर सरकार चलाउनका लागि अन्य दलहरुको साथ लिन सक्ने जनाएका थिए ।- बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस