झाँक्रीले पेटमा प्वाल पारिदिएका राजुको मृत्यु

काठमाडौँ ।  झाँक्रीले पेटमा प्वाल पारिदिएका राजु मगरको मृत्यु भएको छ । मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजुको सोमबार मृत्यु भएको हो ।

पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।

२ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए ।

पेट चिरेर विकार निकालेबापत् ८ हजार रुपैयाँ पनि असुलेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री