काठमाडौं । सहयोगी विकास बैंकले मिथिला नाट्य कला परिषद (मिनाप) लाई सहयोग मिथिला नाट्य कला परिषद (मिनाप)को नवनिर्मित भवनका लागि सहयोगी विकास बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मिनापलाई नाटक घर निर्माण गर्न यो ५ लाख रुपैयाँको चेक प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर खड्काले बताए ।
बैंकको कार्यालयमा चेक हस्तान्तरण कार्यक्रममा बोल्दै खड्काले मिनाप जस्तो भाषा, कला, संस्कृति र नाट्य क्षेत्रमा अनवरत रुपमा लागेका संस्थालाई सहयोग गर्न पाएकोमा गौरवान्वित महसुस भएको बताए ।
चेक बुझ्दै मिनापका अध्यक्ष परमेश झाले आगामी एक वर्ष भित्र २ कठा ५ धुरमा नाटक घर निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य जारी रहेको बताए ।
तपाईंको प्रतिकृया



