बीरगञ्जबाट ठूलो मात्रामा औषध सहित एक युवक पक्राउ

बीरगञ्ज । बीरगञ्जमा प्रहरीले लागु औषध सहित एक युवकलाइ पक्राउ गरेको छ । वीरगञ्ज महानगरपाालिका वडा नम्बर १५ बस्ने ३७ वर्षका इन्द्र कुमार मानन्धरलाई पक्राउ गरेको हो।

बिहीबार राति ९ बजे प्रहरी चौकी गण्डकले सवारी साधन तथा पैदल यात्रीहरु चेकजाँच गर्ने क्रममा मानन्धरलाई लागु औषाधसहित पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट परवानिपुर तर्फ पैदल हिडी आउदै गरेको मानन्धरको साथबाट लागु औषध नाईट्रोभेट ट्याब्लेट ४ सय ५० पिस बरामद भएको र उनी अहिले प्रहरी नियन्त्रण लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री