सञ्चारिको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’

ललितपुर । सभामुख कृष्णबहादुर महराले महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान हुने बताए ।

सञ्चारिका समूहले आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ कार्यक्रममा उनले हिजोको जस्तो एकाअर्कासँग निकट सम्बन्ध नभएर अहिले समाज ब्यापक बन्दै गएकाले समाजमा बिभिन्न खालका विकृति देखिन थालेको बताए ।

आफूले नेतृत्व गरेको संगठनका अनुभवका आधारमा महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान गर्न सक्ने देखिएको उहाँको भनाइ छ ।

पत्रकारीताको सुदृढिकरणमा महिला पत्रकारको भुमिका रहेको बताए । उनले भने, ‘पत्रकारितालाई स्वस्थ, व्यवस्थित र मर्यादित बनाउन महिला पत्रकारको भुमिका रहेको छ ।’

सञ्चारिका समूहका निर्वाचित पहिलो अध्यक्ष तथा सिड कमिटीका उपाध्यक्ष बन्दना राणाले पत्रकार महिलाको लागि अहिले अवसर भएको र यसमा धेरै काम गर्न सकिने बताए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघले नियमित रुपमा मिडियामैत्री कानुन निर्माणका लागि सरकारलाई दवाव दिइरहेको बताए ।

समूहकी पूर्व पत्रकार अध्यक्ष निर्मला शर्माले समूहले बिगतदेखि नै महिलाका मुद्धा मूलप्रवाहीकरण गर्दै आएको बताए ।
सामुदायिक रेडियो प्रशारक सङ्घका अध्यक्ष सुवास खतिवडाले जिल्ला÷जिल्लाका रेडियोहरुमा महिला पत्रकार सक्रिय रुपमा सूचना सम्प्रेषणको काममा लागि रहेको बताए ।

समूहकी अध्यक्ष नितु पण्डितले समूहका प्रदेश र जिल्लास्तरमा संगठनहरु विस्तार भइरहेको र तीनले त्यस क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको बताए ।

समूहले हिमाल खवर पत्रिकामा प्रकाशित ‘मातृमृत्यु नघट्नुको कारण गुणस्तरहिन अक्सिटोसिन पनि’ लेखका लागि पत्रकार रामु सापकोटालाई सञ्चारिका समानता पुरस्कार प्रदान गरेको छ ।

एक वर्षभर पत्रिकामा प्रकाशित लेखहरुबाट छनौट गरेर महिलासम्बन्धी उत्कृष्ट लेखलाई पुरस्कृत गरिँदै आइएको समूहले जनाएको छ ।

यस वर्ष उमासिंह पत्रकारिता पुरस्कारबाट पर्साकी पत्रकार माधुरी महतो पुरस्कृत हुनुभएको छ । यस वर्षको सञ्चारिका प्रोत्साहन पुरस्कारबाट पावर्ती थापामगर र सुष्मा बराइली सम्मानित भए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री