काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । जुन बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो ।
न्यूनतम मौज्दात १ हजारबाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न मिल्ने निक्षेप योजना हो भने १ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजनाहरु साकार पार्न यस निक्षेप योजनाले सघाउँछ ।
ग्राहकहरुको इच्छा अनुसार यो खाता एक भन्दा बढी खोल्न पाईनेछ । सिभिल एन्यूटी डिपोजिट बाट बचतकर्ताले आवष्यक मासिक रकम बचत गरी योजनाको अन्तमा साँवा तथा ब्यााजको एक्मुष्ठ रकमको लाभ पाउन सक्नेछन् ।
आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६०% सम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरीएको छ ।




