कृषि विकास बैंकद्वारा सय थान डस्टबिन हस्तान्तरण

काठमाडौँ । कृषि विकास बैंकले महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ कुपण्डोलमा सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत सय थान डस्टबिन हस्तान्तरण गरेको छ ।

कृषि विकास बैंकको क्षेत्रिय कार्यालय काठमाडौले आयोजना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सय थान डस्टबिन महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ लाई संयूक्त रुपमा हस्तान्तरण गरेका छन् ।

स्थानीय नागरीकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आफ्नो नगर-टोल लाई सुरक्षीत तथा सफा हरावरा बनाउने दायित्व त्याँहा बस्ने नागरीकको पनि भएकोले हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ, टोल सफा र सुरक्षीत हुंदा हामीहरुको सोचमा सकरात्मक परिवर्तन भै उत्कृष्ठ समाजको रुपमा हामी हाम्रो टोललाई चिनाउन सकिने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप