काठमाडौं । राजधानीका युवाहरुले आगामी जनवरी १ मा नेपाली टोपी दिवसको तयारी गरिरहेका छन् । विगत ५ वर्ष देखि अंग्रेजी वर्षको पहिलो दिनलाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आएका यहाँका युवाहरुले यस वर्ष भने औपचारिक कार्यक्रम नै गरेर टोपी दिवस मनाउने तयारी गरिरहेका छन् ।
जनवरी १ मा विशेष कार्यक्रमको आयोजना गरि नेपाली टोपी दिवसको महत्व र यसले समाजमा पार्ने सकारात्मक प्रभावका बारेमा सबैलाई जानकारी दिने उद्देश्य राखिएको छ।
यो बर्ष ‘नेपाली टोपी, नेपालको पहिचान’ भन्ने नारासहित पाँचौ नेपाली टोपी दिवसकारुपमा मनाउन लागिएको हो । विगत केहि वर्ष देखि नेपाल राष्ट्रिय पोशाक विहिनको अवस्थामा रहेकाले यसको निरन्तरताको लागि सरकारलाई दबाब दिने उद्देश्यले नेपाली टोपी दिवसको आयोजना गर्नु परेको जागरुक युवा अभियानका अभियन्ताहरु बताउँछन् ।
प्रतिकृया दिनुहॊस