बाँके । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२ औँ शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ। बैंकका संचालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले शाखाको उद्घाटन गरेका हुन्।
उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।
यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिइएको छ।
साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५–७६ मा ७४ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ। यस बैंकले सोहि अवधि भित्र १ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ।
बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु द्रुत गतिमा अगाडि बढिरहेको कुरा बैंकले जनाएको छ।
निकट भविष्यमा सातै प्रदेशमा थप १२ वटा शाखाहरु बिस्तार गर्ने बैंकले योजना अगाडी सारेको छ।
उक्त कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत श्री ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।




